मेरा प्यारा नेपाली दाजुभाई तथा दिदीबहिनी हरु आहिले याे समय एक आपसमा भना भन गर्ने र झ्गडा गर्ने बेला होइन। एउता जिम्मेबार मानिस को गैरजिम्मेवार जवाफ का कारण हाम्रा नेपाल भित्र हामी नेपाली नेपाली बिच मै यस्तो अवस्था भई रहेको छ भने उता बसो बास को क्रममा रहेका नागरिकलाई कस्तो व्यवहार भई रहेको होला। सर्व प्रथम हामी सबै मिली सरकारलाई भारत मा रहनु भएका हाम्रा दाजु बाई र दिदी बहिनीहरु लाई कुनै किसिम को हानी, नोक्सानी, द्वन्द, लड़ाई र झगडा आदि इत्यादि कुरा बाट त्याहा रहनु भएका नागरिक कसैको पनी शाररिक तथा मानसिक हानी हुन नपाओस भन्ने कुरा बारे छिटो भन्दा छिटो सुनिश्चित गरी सुरक्षा को लागी पहल गरियोस। बाकी बाद बिबाद भनेको हुदै गर्छ।पहिले नागरिक को शान्ति र सुरक्षा बारे भरोसाको आवश्यक छ। यो मुस्किल घडीको समयमा हामी एक आपसमा बिभाजन नभई एक अर्काको बल, भरोसा र शक्ति बनेर ईतिहासमा हाम्रा पुर्खाहरू ले जस्तै हातमा हात, साथमा साथ र काद मा काद मीलाई एक अर्काको को सहरा बनेर एकजुट हुने समय आएको छ। एकता भनेको नै हाम्रो सबै भन्दा ठूलो शक्ति हो। आरु बेला हामीले जे गरे पनि जब राष्ट्यि र राष्ट्यिता को कुरा आउँछ त्यहाँ सबै कुराहरू लाई भुलेर हाम्रो असली भाव र पहिचान आउँछ "हाम्रो नेपाल र हामी नेपाली"। न त कुनै जात, न त कुनै धर्म, न त कुनै क्षेत्र केही हुँदैन हुन्छ त केबल राष्ट्यि एकता। "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"- आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ - नेपालको मूल ले दर्शाएको मार्गदर्शन नैं नेपाल र नेपाली को आदर्श हो। त्यसैले राष्ट्यि र राष्ट्यिता माथि आच आउने कार्य कसैले नी नगरुन् चाहे त्यो स्वदेशी होस् या विदेशी यो कुरा सबै मा चेतना भया। देश को सान, मान र प्रतिष्ठा लाई धक्का पुग्ने कार्य गर्नु र अभिबेक्ती दिनु अघि भोलि को परिणाम को मूल्यांकन राखेर मात्र दिनु। हाम्रा पुर्खा ले बदो दुःख ले आर्जेको देश जुन भिन्न भिन्न जात जाति ले भरिएको सबै को साझा फूलबारी हो। म रहु या नरहु तर हाम्रो देश नेपाल युग युग सम्म रहीरहोस। नेपाली हामी राहुल कहाँ नेपाल नै नरहे। पहिरन लगाउँदै मा र नगरिता बोकेर हिँड्दै मा कोई नेपाली हुँदैन। नेपाल हाम्रो हो र हामी नेपालका हौ भन्ने भावनाका साथ अघि बढौ। बाहिरी धन होइन नेपालीपन र नेपाली मन लाई आफू भित्र खोजूम। नेपाल लाई सम्हाल्न नेपाल र नेपाली पन लाई बुझ्नु पर्छ, नेपाली पद, नेपाली बन समहाल नेपाल । श्री पशुपिनाथले हामी सबै को कल्याण गरुन् ! जय नेपाल!